ईलामको रक्त सञ्चार केन्द्र भवन निर्माण सम्पन्न भएको ८ बर्षमा पनि संचालनमा आएन

<span class='c1'>ईलामको रक्त सञ्चार केन्द्र भवन निर्माण सम्पन्न</span> <span class='c2'>भएको ८ बर्षमा पनि संचालनमा आएन</span>

इलाम, २२ फागुन  । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को भवन निमार्ण भएको ८ वर्ष बितिसक्दा समेत अझै केन्द्रले अझै कार्य सञ्चालन गर्न सकेको छैन् ।

भवनमा आवश्यक सम्पूर्ण सामाग्रीहरु जडान भइसके पनि कर्मचारी राख्ने आर्थिक स्रोत अभावका कारण बैंक प्रयोगमा ल्याउन नसकिएको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति देवी गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ब्लड बैंक सञ्चालन गर्न सुरुमा कम्तिमा पनि २५ देखि ३० लाख रुपैयाँ आवश्यक पर्छ । यो रकम हामीसँग छैन ।’ बैङ्क सञ्चालनका लागि अझै १६ लाख रुपैंयाँ आवश्यक पर्छ । यसका लागि अहिले जिल्लामा सहयोगीको खोजी भैरहेको उहाँले बताउनुभयो ।

बैंक सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको रक्तसञ्चार अक्षय कोषमा अहिलेसम्म १० लाख रुपैंयाँ मौज्दात रहेको नेपाल रेडक्रस सोसाइटी इलाम लेखा शाखाका प्रमुख वसन्त तिम्सिनाले जानकारी दिनुभयो  ।

ब्लड बैंकमा आवश्यक पर्ने सबै सामाग्री जडान भैसको २ वर्ष बितिसकेको छ  । बैंकका लागि आवश्यक १४ लाख १८ हजार रुपैयाँ बराबरको सामाग्री जर्मन सरकारले उपलब्ध गराएको छ । यस्तै रेडक्रस केन्द्रबाट चार लाख र सोसाइटी इलाम शाखाले दुई लाख रुपैंयाँ बराबरको सामाग्री खरिद गरेर आवश्यक सामान जडान गरिसकेको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जनाएको छ ।

ब्लड बैंक सञ्चालन गर्न गाउँपालिका, नगरपालिका र अन्य विभिन्न सहयोगीबाट रकम संकलन भैरहेको सभापति गौतमले जानकारी दिनुभयो । अहिले जिल्लामा संकलन भएको ब्लड महिनामा सात सय युनिट  छिमेकी जिल्लाहरुमा पठाइँदै आएको छ ।

छिमेकी जिल्लाहरु झापाको विर्तामोड, दमक,  धरान, विराटनगरलाई दिने गरेको बताइएको छ । प्रतिमहिना आकस्मीक रुपमा व्यक्ति खोजेर नै १० जना व्यक्तिलाई ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्