सामाजिक सञ्जालमा आपराधिक घटना, फेसवुकले ज्यानलियो

<span class='c1'>सामाजिक सञ्जालमा आपराधिक</span> <span class='c2'>घटना, फेसवुकले ज्यानलियो</span>

काठमाडौं, २२ फागुन ।  सामाजिक सञ्जालकै कारण आपराधिक घटनाहरु बढ्दै गएका छन् । अश्लील सामग्री पोस्ट गर्नेदेखि कसैको प्रतिष्ठामा आँच पुर्याउने प्रकारका क्रियाकलाप त हुँदै आएका थिए । तर पछिल्लो पटक फेसबुकमा ब्लक गरेकै निहुँमा एक जनाको हत्या गरिएको छ ।

नुवाकोटको सूर्यगढीका कुमार सूचीकारको हत्या फेसबुकका कारण भएको खुलेको छ । सूचीकारको हत्या गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेपछि फेसबुकको ग्रुपमा ब्लक गरेकै आधारमा उनको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

सूचीकारको हत्या आरोपमा नुवाकोटको तारकेश्वरका बिक्की पुतुवार, समिर महर्जन, सुजन महर्जन, आइसिंह तामाङ, विशाल पुतुवार, दिनेश नगरकोटी, निर्मल महर्जन र राजन मगरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

उनीहरुले गएको माघ २७ गते सूचीकारलाई बालाजुको सडक छेउमा ढुंगाले हानेर अचेत अवस्थामा छाडेर भागेका थिए । मृतक सूचीकारले पुरानो गुहेश्वरी एजी नामको ग्रुपमा फरक नामको अकाउन्टबाट प्रवेश गरेर आफूहरुलाई ब्लक गरेकाले हत्या गरेको पक्राउ परेका ८ जनाले स्वीकारेका छन् ।

माघ २७ गते बिहान तारकेश्वर नगरपालिका ४ फुलबारी गेटमा गोलढुंगातर्फ जाने सडकको किनारामा सूचीकारलाई बेहोस अवस्थामा भेटिएको थियो । टाउकोमा गम्भीर चोट लागेको सूचीकारको ट्रमा सेन्टर वीर अस्पतालमा उपचारको क्रममा २९ गते मृत्यु भएको थियो । मृतक सूचीकारलाई गोलढुंगामा एजी नामको फेसबुक गु्रपका महिलाले बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्