उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिए आणविक परीक्षण रोक्ने

उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिए आणविक परीक्षण रोक्ने

काठमाडौं, २२ फागुन । उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् ।
उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इनबीच अप्रिल महीनामा ऐतिहासिक बैठक हुने समेत घोषणा गरे ।
दुई नेताबीचको बैठक संयुक्त सुरक्षा क्षेत्र पान्मुनजोममा गरिने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले जनायो ।  प्योङयाङमा चुङ तथा शीर्ष उत्तर कोरियाली नेताहरूबीचको उच्चस्तरीय वार्तापछि यो घोषणा भएको हो ।

‘उत्तरले कोरियाली प्रायद्वीपको गैरआणविकीकरण गर्ने प्रतिबद्धतालाई पुििष्ट गर्दै किम शासनको सुरक्षाको प्रत्याभूति गरिएमा अनि उत्तर कोरियाविरुद्धको सैन्य चुनौतीलाई हटाइएमा आणविक हतियार राखिरहनुपर्ने कुनै कारण नरहेको बताएको छ,’ चुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्