पूर्वमा बिद्यार्थीका लागि आइटी बुट क्याम्प हुने

<span class='c1'>पूर्वमा बिद्यार्थीका लागि आइटी</span> <span class='c2'>बुट क्याम्प हुने</span>

बिराटनगर फाल्गुन २३ , अहिलेको २१ औ सताब्दीको युगलाई आइटीको युग पनि भन्ने गरिन्छ । आइटीको प्रयोगले अहिलेको हाम्रो जीवन सहज बनाएको छ । अहिलेको पुस्तामा आइटीको विषयमा धेरै जिज्ञासा रहेको पाइन्छ , युवापुस्तामा आइटी प्रतिको आकर्षण बढ्दो क्रममा रहेको छ ।

आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भाव्यता सँगै लगानीका अवसरहरु बढेर गएको छ ।

आइटीको माग र बिद्यार्थीहरुमा रहेको जिज्ञासा परिपूर्ति गर्न इनोभेट नेपाल ग्रुपले देशका बिभिन्न शहरमा आइटी बुट क्याम्प आयोजना गर्ने भएको छ । मार्च २६ देखि अप्रिल ०६ सम्म उक्त आइटी बुट क्याम्प नेपालको   काठमाडौँ, पोखरा , भरतपुर,धरान,बिराटनगर,इटहरी र बिर्तामोडका बिद्यार्थीहरुका लागि आयोजना हुने भएको छ ।

पूर्वमा पनि आइटीको आकर्षण बढ्दै गएको अवस्थामा कक्षा १२ अध्ययनरत बिद्यार्थीको लागि प्रोग्रामिङ , साइबर सेकुरिटी , युआइ / युएक्ष संबन्धित एक दिने आइटी बुट क्याम्प हुने भएको हो । उक्त बुट क्याम्पका लागि नेपाल मै  आइटी क्षेत्रमा प्रतिष्ठित तथा राष्ट्रिय र अन्तरास्ट्रिय अनुभबप्राप्त प्रशिक्षकहरुबाट उक्त क्याम्पमा प्रशिक्षण गराइने आयोजकले जनाएको छ । पूर्वका बिद्यार्थीका लागि उक्त क्याम्प इटहरीमा १५ चैत देखि १८ चैत सम्म हुनेछ । चैत १५ गते झापा र बिराटनगर , १७ गते इटहरी र १८ गते धरानका बिद्यार्थीको लागि क्याम्प आयोजना हुने छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  । यी कलेजहरुमा बेलायतको बिश्वबिद्यालयको बिआइटि र बिबिए पढाई हुदै आएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्