सुनसरी, फाल्गुन २३ गते।इटहरी-२ कोशी राजमार्गमा मंगलबार राती ९ बजे मोटरसाइकलले ठक्कर दिएर आमा छोरी घाइते भएकी छन।
मे ९ प ७६६६ नम्बरको मोटरसाइकलले ठक्कर ईटहरी २ बस्ने बर्ष ३४ कि बिन्दा मगर र उनकी तीन वर्षीया छोरी प्रमिला मगर घाइते भएकी हुन ।
घाइते आमा छोरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने मोटरसाइकलका चालक ईटहरी ३ बस्ने सौरव दाहाल समेत सामान्य घाइते भएकाले नोबेल अस्पताल विराटनगर ल्याइएको छ।