दोषीसँग नाम मिल्दा निर्दोष ‘चतुरे’ जेलमा !

<span class='c1'>दोषीसँग नाम मिल्दा निर्दोष</span> <span class='c2'>‘चतुरे’ जेलमा !</span>

नुवाकोट,फागुन २३ : गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्।चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल परेका हुन् ।

लिखु गाउँपालिका-६ धाक्रेका चतुरे तामाङलाई पक्राउ गर्न प्रहरी गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो।बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए। प्रहरीले खोजेको वास्तविक चतुरे भने गाउँमै छन्। १० वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो ।

चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले ०५५ असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८८५ रुपियाँ जरिमाना फैसला गरेको थियो।त्यही मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरिको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्