विराटनगर, २३ फागुन ।
गोमादेबी दाहाल बिगत १७ बर्ष देखि मौरी पालन गर्दै आउनु भएको छ । उहाँले मोरङको राजघाटमा मौरी पालन उद्योग नै संचालन गर्दै आउनु भएको हो । १७ बर्ष देखि मौरी मालन गर्दै आउनु भएका
दाहालले अहिले एकसय घार मौरी पालन गर्नु भएको छ। सानै उमेर देखि मौरी पालन गर्न थाल्नु भएकी दाहालले बर्षमा ६ देखि ७ लाखको मह मात्र बेच्ने गरेको सुनाउनुभयो । एक सय घार मौरीबाट ६ देखि ७ लाख सम्म आम्दानी गर्न सकिन्छ यसले सजिलै घरखर्च समेत चल्ने उहाँको भनाई छ । अझै मौरीको घार नै बेच्ने ब्यवसायिक किसानले त बर्षमा ३० लाख भन्दा बढी कमाउन सक्ने दाहालले सुनाउनुभयो । ‘महमात्र बेच्दा ७ लाख सम्म कमाई हुन्छ, यसले घरखर्च चलेको छ, दाहालले भन्नुभयो, मौरीपनि बेच्न पाईयो भने १० देखि ३० लाखसम्म आम्दानी गर्नसकिन्छ ।’
५० देखि एक सय घारसम्मको मौरीले घर परिवार सजिलै चलाउन सकिने उहाँको अनुभवले भन्छ । अहिले पनि धेरै सम्पति नेपाली जंगलको खेर गई रहेकोले औषधिको रुपमा महलाई प्रयोग गर्नु पर्छ भन्ने चेतना दिन नसकिएकोमा उहाँलाई चिन्ता लागेको छ । ‘सबैले मौरी पालन गरे निक्कै फाईदा हुन्छ, दाहाल भन्नुहुन्छ, अहिले हामीले धेरै सम्पती खेर फालिरहेका छौ ।’ नेपालको धन नै मौरी पालन भएकोले उहाँले सबै किसानलाई मौरी पालनमा लाग्न आग्रह गर्नुभयो ।साभार : क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रचार अधिकृत राजेन्द्र उप्रेतीको फेसव्ुक भिडियोबाट https://www.facebook.com/rajendra.uprety/videos/10214401582107751/