तेह्रथुममा वनको आगो गाउँमा पस्दा ६ घर जलेर ध्वस्त

<span class='c1'>तेह्रथुममा वनको आगो गाउँमा पस्दा</span> <span class='c2'>६ घर जलेर ध्वस्त</span>

तेह्रथुम, फागुन २३ गते । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेदेखि घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका छवटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट रु ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी दुवै अभाव भएकाले ठूलो क्षति भएको प्रजिअ खनालले बताउनुभयो ।

छवटै घरमा आगो सल्किएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए । लालीगुराँस नगरपालिकासँग दमकल भए पनि सडक नभएका कारण आगो निभाउन समस्या भएको हो । वनमा आगो मान्छेले नै लगाएको भन्ने खुले पनि कसले लगाएको भन्ने थाहा नभएको वडाध्यक्ष खनालले बताउनुभयो ।

वनमा आगो लगाउनेको बारेमा सूचना आए आफूले मुद्दा दर्ता गरी कारबाही गर्ने प्रजिअ खनालले बताउनुभयो । जलेका छवटामध्ये दुईवटा घरमा मान्छे थिएनन् । गुरु लुइँटेल र एकराज तिम्सिनाले जमीन बाँझै र घर खाली नै छाडेर गत वर्ष नै बसाइँ सरेका थिए ।

बाँकी रहेका गोविन्द अधिकारीको चार, लक्ष्मी अधिकारीको ६, नरेन्द्र अधिकारीको पाँच र लोकनाथ न्यौपानेको पाँचजनाको परिवार आगलागीले घर जलेपछि मंगलबार छिमेकीको शरणमा परेका छन् । उनीहरुलाई बुधबार राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ खनालले जानकारी दिनुभयो । वनबाट नजिकमा रहेको गाउँमा लहरै घर भएकाले सबै घर जलेका घटनास्थलमा पुगेका प्रहरी हवल्दार दीपेश चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्