नेरुडेको गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु

नेरुडेको गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु

विराटनगर, २३ फागुन ।
नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तरिकाले वित्तिय निर्णय लिन सक्ने ज्ञान र सीपको विस्तार होस् भन्ने उद्देश्यले सुनसरी जिल्ला अन्तरगत धरानको बाजोगरामा मंगलबार र बर्जु गाउँपालिकाको चिमडीमा बुधवार कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम अन्तर्गत पहिलो चरणमा रेमिट्यान्स, पारिवारिक बजेट तर्जुमा, बचत, कर्जा, बैंक÷वित्तिय संस्थाको छनौट तथा लघुवित सम्बन्धि विषयहरुलाई समेटिएको भिडियो प्रर्दशन गर्दै अभिमुखीकरण गरिएको थियो ।
सहभागी रुनु चौधरीले यस प्रकारको कार्यक्रम पहिलो पटक भएकोले व्यवहारिक जीवनमा उपयोगी हुने बताउनुभयो । कार्यक्रमबाट सहभागिहरुलाई वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्चमा नियन्त्रण भई बचत गर्ने बानीको विकास हुने विश्वास लिएको बैकका प्रबन्ध संचालक मणिकुमार अज्र्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्