कोशी विद्या मन्दिर विराटनगरमा फुड फेस्टिवल तथा म्याराथुन दौड

कोशी विद्या मन्दिर विराटनगरमा फुड फेस्टिवल तथा म्याराथुन दौड

विराटनगर, २३ फागुन ।
विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरु सहभागि रहेका थिए ।
फुड फेस्टिवलमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु भहभागि रहेको बिद्यालयले जनाएको छ । १२ स्टलमा खानेकुरा बनाएर सहभागिहरुलाई बिद्यार्थीले नै खुवाएका थिए । त्यस्तै सास्कृतिक कार्यक्रममा कक्षा २ देखि कक्षा ९ सम्मका विद्याथीहरुले विभिन्न नृत्य तथा गित गाएर उपस्थित विद्यार्थी, शिक्षक , अतिथी तथा अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
यसैबिच बिद्यालयले आयोजना गरेको १ दशमलव४ किमी म्याराथुन दौडमा छात्रतर्फ कक्षा ९का रिजन पोखरेल प्रथम भएका छन् भने कक्षा ९ का छविनव वर्मा दोस्रो तथा कक्षा ७ का यूवराज सिंह तेस्रो भए । त्यस्तै छात्रातर्फ कक्षा ७ की प्रियंका कर्ण पहिलो, रिचा निधी दोस्रो तथा कक्षा ८ की एलिसा यादव तेस्रो भएको प्रिन्सिपल धिजनबाबु काफ्लेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्