सिक्किम यूनाइटेडलाई हराउँदै झापा ११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

सिक्किम यूनाइटेडलाई हराउँदै झापा ११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

डोमालाल रंगशालामा बुधबार भएको क्वार्टफाइनल खेलमा भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो। खेलको १६ औं मिनेटमा सिक्किम युनाइटेडका मायल डोक लेप्चाले पहिलो गोल गरेका थिए।

खेलको २४ ‌औं मिनेटमै झापाका विश्वास श्रेष्ठको क्रसमा खमिर गिल्सन कन्दङवाले शानदार गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। पहिलो हाफको अन्त्यतिर झापाका विश्वास श्रेष्ठको क्रसलाई सिक्किमका जिग्मे दोर्जी भुटियाले टच गर्दा आत्मघाती गोल हुन पुग्यो। पहिलो हाफसम्ममा झापा २-१ ले अगाडि रह्यो। दोस्रो हाफमा दुवैतर्फ गोल हुन सकेन।

बुधबारको खेलको म्यान अफ् द म्याच झापा ११ का विश्वास श्रेष्ठ घोषित भए। उनले २५ हजार नगद पुरस्कार पाए। बिहीबारको अन्तिम क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्