सुनसरी र झापाबाट लागुऔषधसहित ५ पक्राउ 

सुनसरी र झापाबाट लागुऔषधसहित ५ पक्राउ 

विराटनगर, २४ फागुन ।
सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान–११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई लागुऔषध खरिद बिक्री गर्दै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भुजेले बोकेको झोलाबाट ३ सय ४४ पिस नाइट्रोसन ट्याब्लेट, १ सय ३२ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल र ५४ एम्पुल टिडिजेसिक (डाइजेल्याप, लुपिजेसिक, एभिल) ईन्जेक्सन बरामद भएको छ।
यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले लागुऔषधसहित भारत पानीटंकी बजारबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगरका किशोर सहनीलाई ७ पिस नाइट्रोसन ट्याब्लेट तथा झापा विर्तामोड नगरपालिका ८ बस्ने विन्नी राय क्षेत्री र प्रतिक प्रसाईलाई १ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो। तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्