इलाममा सञ्चार कर्मचारीमाथि अज्ञात समूहद्वारा कुटपिट

<span class='c1'>इलाममा सञ्चार कर्मचारीमाथि</span> <span class='c2'>अज्ञात समूहद्वारा कुटपिट</span>

मंगलबारे, इलाम, फागुन २४ गते । इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् । बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो ।

कुटपिटमा परी कृष्ण पाठक भने गम्भीर रहेको पारिवारिक सं्रोतले जानकारी दिएको छ । उहाँको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ ।

उहाँहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा गम्भीर भएर लाग्न प्रशासनलाई रेडियोले ध्यानाकर्षण गराएको छ ।

स्टेशन म्यानेजर प्रेम अधिकारीले यो घटनाले जिल्लामा सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको भन्दै गम्भीरतापूर्वक लाग्न प्रशासनलाई अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्