एनआइसीको धनवर्षा मुद्धती खाता पुनः सञ्चालनमा, १२ प्रतिशत ब्याज

<span class='c1'>एनआइसीको धनवर्षा मुद्धती खाता पुनः</span> <span class='c2'>सञ्चालनमा, १२ प्रतिशत ब्याज</span>

एनआईसी एशिया बैंकले निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई पुनः सञ्चालनमा ल्याएको छ।

१ बर्ष अवधिकोे मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिनेछ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशत का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

मुलुकभर १ सय ८० शाखा कार्यालयहरु, १ सय ८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ सञ्जालन भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्