बिराटनगरमा भएको एउटा फरक शैलीको विवाह …

बिराटनगरमा भएको एउटा फरक शैलीको विवाह …

अनिल श्रेष्ठ , विराटनगर÷ सामान्यता विवाह जग्गे बनाएर त्यसमाथि ब्राम्हण पढाएर बिवाह हुने परम्परागत रहि आएको छ । तर, बिहीबार विराटनगरको वीरेन्द्र सभा गहृ हल भित्र भिन्न तरिकाले बिवाह सम्पन्न भयो । विवाहमा जन्ती पर्सने, गोडा धुने, कन्यादान दिने, ब्राम्हण पढाउने खालका कुनै पनि काम नगरिकन सभा गृहको मन्चमा प्रगतिशिल बिवाह भयो ।

नयाँ शक्तिका नेता रामरिझन यादवकी छोरी शिखाकिरण यादव र सुनसरी इनरुवाका धिरज भट्टराईबीचको विवाह समारोह दाइजो विरोधी मात्रै रहेन नयाँ सामाजिक मूल्य स्थापित गर्ने प्रयास पनि भयो ।

कुनै सार्वजनिक कार्यक्रम जस्तै गरी जब धिरेन्द्र प्रेमर्षीले स्टेजबाट स्वयंबरको आव्हान गरे । बर–बधुले एकआपसमा औंठी साटासाट गरे । माला एक अर्कालाई लगाइदिए । स्वयंबर सकियो । पालो आयो बेहुलीका बुबाको । उनले बर र बधु अर्थात् छोरी–ज्वाईलाई आफैंले लेखेको ‘विवाह सम्बन्धको आधुनिक रुप’ हस्तान्तरण गरे ।

समारोहमा उपस्थिति पाहुनाले बर–बधुलाई शुभकामना दिए । अतिथिहरुले शुभकामना मन्तव्यका साथ आफ्ना विषय राखे अनि विवाह सम्पन्न भयो ।

अन्तराष्ट्रिय महिला दिवसको दिन पारेर आयोजित विवाह समारोह अलिक फरक र सन्देशमुलक रहेको संस्कृतिकर्मीले बताए ।

‘यो न त परम्परागत भयो, न त पुरै आधुनिक भयो, यो विवाह समारोह एउटा सन्देशमूलक रहयो,’ कार्यक्रममा उपस्थित मिथिला संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले भने, ‘अहिलेको आधुनिकताको नाममा विकृतियुक्त दाइजोको कुरा र डाङडाङ डुङडुङलाई यो विवाहले निरुत्साहित गरेको छ ।’ संस्कृतिको आडमा विकृति ल्याउन खोज्नेलाई नियन्त्रणमा लिने खालको विवाह भएको उनको भनाइ छ ।

विवाह समारोहमा उपस्थित चिन्तक तथा विश्लेषक सिके लालले आधुनिकताको क्रममा समाजलाई सिक्ने खालका विवाह भइरहेको सन्दर्भमा भएको शिखाकिरण र धिरेन्द्रको जस्तो विवाहले त्यसलाई रोक्न सक्ने बताए ।

बामपन्थी परिवारबाट हुर्केको कारण आफूलाई प्रगतिशिल विवाह गर्ने सोच रहेको बताउँदै बेहुली शिखाकिरण यादवले यसखालको विवाहले दाइजो विरुद्ध सचेतना जगाउने बताइन् । ‘प्रेम विवाहले दाइजोलाई निरुत्साहित गर्छ भने यसखालको प्रगतिशिल विवाहले झनै त्यसलाई इन्कार गर्दछ,’ उनले भनिन् । विवाहमा राजनीतिक पार्टीका केन्द्रीयस्तरका नेता, सांसद, बुद्धजीविलगायतको उपस्थिति थियो ।

साभार : ब्लाष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्