चट्याङ लागेर दुई जनाको मृत्यु, पाँच घाइते 

<span class='c1'>चट्याङ लागेर दुई जनाको</span> <span class='c2'>मृत्यु, पाँच घाइते </span>

विराटनगर, फाल्गुन २६ गते।

१ नम्बर प्रदेश अन्तरगत ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्लामा चट्याङबाट दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको भन्ने जानकारी प्राप्त भएको छ।

ताप्लेजुङ मिक्वाखोला गाउँपालिका मिक्वाखोला-४ सावा बस्ने अन्दाजी ३२ वर्षीया दावाफुट्टी शेर्पाको विहिबार साँझ आफ्नै घरमा खाना खाई रहेको बेला वर्षासंगै चट्याङ खस्दा मृत्यु भएको छ। घटनाको जानकारी शुक्रबार मात्र प्रहरीलाई प्राप्त भएकोले घटनास्थलमा प्रहरी चौकी कुलुङबाट टोली खटि गएका छन्।

ताप्लेजुङ सिरिजंगा गाउँपालिका ४ मा पनि चट्याङबाट स्थानीय ३१ वर्षीया पमला लिम्बु, ९ वर्षीय युजल लिम्बु र फुङलिङ नगरपालिका ७ का ३१ वर्षीया कुसुम थुलुङ सामान्य घाइते भएकाले स्थानीय अस्पतालमा उपचार भई रहेको जानकारी प्राप्त भएको छ।

सोलुखुम्बु महाकुलुङ गाउँपालिका ४ गुदेल बस्ने हर्कमान राईको ५६ वर्षीया श्रीमती रिजामली राईको शुक्रबार अपरान्ह चट्याङ पर्दा घट्नास्थलमै मृत्यु भएको छ। चट्याङ लागेर स्थानीय २५ वर्षीया शान्ति राई (गम्भीर) र प्रितु बहादुर कार्की को १४ वर्षका छोरा छितिज कार्की (सामान्य) घाइते भएका छन। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भई रहेको छ।

संखुवासभा चैनपुर नगरपालिका १ सुकेबजारमा शुक्रबार चट्याङबाट स्थानीय २६ वर्षीय छिरीङ दोर्जे भोटे घाइते भएका छन। राती करिब ८ बजे घरमा सुतिरहेको अवस्थामा चट्याङ खस्दा भोटे घाइते भएका हुन। उनको बसन्तपुरमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्