काठमाडौं, २७ फागुन– संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १२ बजे बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा निर्णय लिन बैठक बस्न लागेको संयोजक उपेन्द्र यादवले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । फोरमले सरकारमा सहभागितासँगै विश्वासको मतका बारेमा आज निर्णय गर्दैछ । सरकार र फोरमबीच दुई सातादेखि छलफल चल्दै आए पनि अन्तिम सहमति भइसकेको छैन । फोरमका १६ सांसद छन् ।