गएराति ९ बजे स्काभेटर चालक प्यूठानका डम्मबर बहादुर नगरकोटीले स्काभेटर चलाइरहेको बेला माथिबाट आएको ढिस्कोले पुरिएर सह–चालक बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सडक निर्माण गरिरहेका बेला एक्कासी माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो ।