धनकुटा, फाल्गुन २७ गते।
धनकुटाको धनकुटा नगरपालिका- ९ माङडाँडा स्थित जलकन्या सामुदायिक वनमा लागेको आगोले शनिबार तीन घर जलेर नष्ट भएका छन्।
दिउसो २ बजेतिर अचानक लागेको आगोले स्थानिय गोपाल भण्डारीको घर , ध्रुब भण्डारीको घर र निर्प भणडारीको गोठ घर जल्दा १७ लाख ३० हजार बराबरको क्षति भएको छ।
आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।