काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिबार भएको परीक्षामा ५४.४ प्रतिशत अर्थात् १ सय ७३ जना उत्तीर्ण भएका छन् ।
काउन्सिलले ३९ वटा विषयमा लाइसेन्स परीक्षा लिएको थियो, जसमा ३ सय २२ जनाले विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा दिएका थिए । काउन्सिलका सदस्य डा.कृष्ण अधिकारीले वर्षमा ३ पटक लिइने विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा अन्र्तगत यो सन् २०१८ को पहिलो परीक्षा रहेको बताए ।