एक बर्ष देखि एउटै बिद्यायमा २ जना प्रधानाध्यापक

<span class='c1'>एक बर्ष देखि एउटै</span> <span class='c2'>बिद्यायमा २ जना प्रधानाध्यापक</span>

पर्वत,२७ फागुन । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११, स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् ।

एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर जानुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनार्इ काम गराउन नसकिने भन्दै हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो । पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुनुहुन्छ भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुनुहुन्छ ।

पौडेलले यस अगाडि नै २०६८ देखि तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गर्नुभएको थियो । उहाँमाथि आर्थिक हिसाब किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गर्नुभएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्