चीनका राष्ट्रपति सी जिनपिङ आजीवन राष्ट्रपति बन्न पाउने

चीनका राष्ट्रपति सी जिनपिङ आजीवन राष्ट्रपति  बन्न पाउने

२७ फागुन   । चीनका राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रपति बन्न बाटो खुलेको छ ।चीनको संसद अर्थात नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गरेपछि सीलाई आजीवन राष्ट्रपति हुन बाटो खुलेको थियो ।

पछिल्लो ३० वर्षदेखि चीनमा एउटा व्यक्ति दुई कार्यकाल मात्र राष्ट्रपति हुने संवैधानिक व्यवस्था थियो । चीनले सन् १९९०मा एक जना व्यक्ति दुई कार्यका मात्रै राष्ट्रपति हुने व्यवस्था लागू गरेको थियो । तर आज संविधान संशोधन गर्दै त्यो व्यवस्थालाई हटाइएको हो । दोश्रो पटक राष्ट्रपति बनेका सी जिनपिङको कार्यकाल सन् २०२३ मा सकिँदै छ । संविधान संशोधन नभएको भए उहाँ २०२३ पछि राष्ट्रपति बन्न पाउनु हुने थिएन । तर अब उहाँलाई आजीवन राष्ट्रपति हुन बाटो खुलेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

एउटा व्यक्तिलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न दिनु खतरनाक हुने भन्दै विज्ञहरुले चेतावनी पनि दिँदै आएका छन् । तर त्यो चेतावनीलाइ बेवास्ता गरेर चीनले एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी पनि राष्ट्रपति हुन पाउने व्यवस्था गर्न लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई माओत्से तुङकै हाराहारीमा पुर्याउन खोजेको बताइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीमा अब माओ विचारधारासँगै सी जिनपिङ विचारधारा पनि प्रवेश गरेको छ । 

गएको अक्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीले ‘सी जिनपिङ विचारधारा’ लाई आधिकारिक मान्यता दिएको थियो । यसलाई ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ नाम दिइएको छ ।

चीनमा माओ र देङ सिआओ पिङपछिकै सर्वोच्च नेताका रुपमा सी जिनपिङको उदय भएको सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा राजनीतिक विचारधारा पढाइन्छ ।

सन् २०१२ मा राष्ट्रपति हुनुभएका सी जिनपिङ भ्रष्टाचारका विरुद्ध कडा रुपमा उत्रिँदै आउनुभएको छ । उहाँ राष्ट्रपति भएपछि झण्डै एक लाख पार्टी सदस्यलाई कारवाही भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्