विष्णुमाया पुस्तकालयको ई-लाईब्रेरीको लागि १ करोड २५ लाख संकलन

<span class='c1'>विष्णुमाया पुस्तकालयको ई-लाईब्रेरीको लागि १</span> <span class='c2'>करोड २५ लाख संकलन</span>

विराटनगर, २८, फागुन ।
विराटनगरको पोखरीयामा रहेको विष्णुमाया पुस्तकालयले ई लाईब्रेरी संचालनको लागि आयोजना गरेको श्रीमद्भागवत पुराणमा १ करोड २५ लाख संकलन भएको छ ।
आधुनिक सामुदायिक भवन सहितको ई–लाईव्ररी संचालन गर्न यही फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको हो । दाताहरुरबाट नगद र जिन्सी सामाग्री सहित १ करोड २५ लाख संकल भएको विष्णुमाया पुस्तकालयले जनाएको छ ।
विस २०२४ मा विराटनगर–१ स्थित पाँच कठ्ठा जग्गामा स्थापना भएको विष्णुमाया पुस्तकालय र वाचनालयले ५० वर्ष पछि काँचुली फेर्न आधुनिक सामुदायिक भवन र ई लाईव्रेरी संचालन गर्न लागेको भवनका अध्यक्ष केशव प्रसाद गौतमले वताउनुभयो ।
महायज्ञमा खर्पा डेभलपमेन्ट कम्पनीले ६ लाख वरावरका जग्गा, जिवन विकास समितिले पाँच लाख वरावरको कम्प्यूटर सामाग्री प्रदान गरेका छन् । पुस्तकालले आगामी छ महिना भित्र अहिले भइरहेको भवनमा मर्मत सम्भार सहित थप एक तल्लामा ६ कोठा र एक सभा भवन निर्माण गरिने अध्यक्ष गौतमले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्