२४० किलो ब्राउन सुगरसहित दाङमा तीन जना पक्राउ

<span class='c1'>२४० किलो ब्राउन सुगरसहित </span> <span class='c2'>दाङमा तीन जना पक्राउ</span>

दाङ, २८ फागुन   । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय मधुसुदन भुज, वडा नम्बर १३ का २२ वर्षीय धनबहादुर घर्ति मगर र सोही ठाउँ निवासी २१ वर्षीय खिमबहादुर पुनलाई अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

प्रहरी टोलीले उनीहरुको शरिर खानतलासी गर्दा भुजको साथबाट १ ग्राम १७० मिलिग्राम, मगरको साथबाट ५७० मिलिग्राम र पुनको साथबाट ५०० मिलिग्राम गरी २ ग्राम २४० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई घोराही उप–महानगरपालिका वडा नम्बर १८ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्