इटहरीमा दुई थान पेस्तोल र खुकुरीसहित एक पक्राउ

<span class='c1'>इटहरीमा दुई थान पेस्तोल</span> <span class='c2'>र खुकुरीसहित एक पक्राउ</span>

सुनसरी, फाल्गुन २८ गते।

प्रहरीले सुनसरीको इटहरीबाट आइतबार दुई थान पेस्तोल र खुकुरीसहित काठमाण्डौ महानगरपालिका ४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले अपरान्ह ३ बजे उनलाई पक्राउ गरिएको हो।

प्रहरीले शेर्पाको झोलाबाट Made in USA लेखिएको पेस्तोल दुई थान, गोली ४ राउण्ड, म्याग्जिन र १ थान खुकुरी, नगद एक लाख तीन हजार पाँच सय रुपैया, ६ थान एटिएम कार्ड र परिचयपत्र बरामद भएको छ ।

शेर्पालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्