सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

सिन्धुली । सिन्धुलीमा जन्ती हिडेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।  मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर हिँडेको गाडी गएराती दुर्घटना हुँदा १८ जना जन्ती घाइते भएका हुन ।

मरिण गाँउपालिका–३ बाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी  हिँडेको बा ३ ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा दुलाहा इन्द्र भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्