बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतीय नागरिक पक्राउ

रुपन्देही । रुपन्देहीमा एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिद रहेका छन् । रसिदले लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको प्रहरीले जनाएको छ ।

बगैंचाभित्र फूल टिप्न लाग्दा रसिदले बलात्कारको प्रयास गरेको बताइएको छ । रसिद सुद्धोधन गाउँपालिकामा रहेको इटा उद्योगका मजदुरको रुपमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्