ताप्लेजुङमा भुकम्पले विद्यालय भवन भत्काएपछि विद्यार्थी टहरामा बसेर पढ्न बाध्य

<span class='c1'>ताप्लेजुङमा भुकम्पले विद्यालय भवन भत्काएपछि</span> <span class='c2'>विद्यार्थी टहरामा बसेर पढ्न बाध्य</span>

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने जीर्ण बनेको भवनमा डरत्रासका साथ राखेर पढाइने गरेको छ ।

भवन पुनर्निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग आग्रह गर्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको विद्यालयका निमित्त प्रधानाध्यापक भीमबहादुर विश्वकर्माले बताए ।

जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गतको भवनसमेत निर्माणाधीन अवस्थामा छ ।

गत असार मसान्तमै सकिने गरि एक वर्षअघि निर्माण सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सकिएको छैन ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले विद्यालय भवन मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर सो रकमले मात्र काम सम्पन्न गर्न नसकिने स्थानीयले बताएका छन् ।

जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्