विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ

<span class='c1'>विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा</span> <span class='c2'>एक दर्जनभन्दा बढी पक्राउ</span>

सप्तरी, फागुन २८ – विद्युत हुकिङ गरेको आरोपमा सप्तरीमा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् ।

पछिल्लो पटक बढ्दो विद्युत हुकिङ्गलाई नियन्त्रण गर्ने चलाइएको अभियानमा एक दर्जन विद्युत हुकिङ्ग गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरण तथा प्रहरीको टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट एक दर्जन विद्युत हुकिङ्ग गर्नेहरुलाई पक्राउ गरेको प्राधिकरणले जनाएको छ ।

पक्राउ परेकाहरुलाई विद्युत चोरी ऐन अन्तर्गत जरिवाना लिई छाडिने प्राधिकरणले जनाएको छ । साउन महिनादेखी अहिलेसम्म सप्तरीको विभिन्न स्थानबाट ३ सय ४२ जनालाई पक्राउ गरी जरिवाना वापत १७ लाख २७ हजार २ सय ८१ रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्