गुरुकुलमा नाटक एन्टीगोनी आजदेखि मञ्चन हुने 

<span class='c1'>गुरुकुलमा नाटक एन्टीगोनी</span> <span class='c2'>आजदेखि मञ्चन हुने </span>

विराटनगर, २९ फागुन ।
आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक एन्टीगोनी मञ्चन हुने भएको छ ।
ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित तथा राजन खतिवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मण्डला थिएटरले आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजनामा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागेको हो । एन्टीगोनीलाई उत्कृष्ट दुःखान्त नाटकमध्येको एक मानिन्छ । यही नाटकको नेपाली एडप्टेसन एन्टीगोनी मंगलबार, बुधबार र बिहीबार दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन गर्न लागिएको हो । नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन् । नाटकमा सृजनाबाहेक रञ्जना वली, सोमनाथ खनाल, विकास जोशी, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् । नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन । यसअघि काठमाडौमा मञ्चन भइसकेको सो नाटक भारतमा आयोजित थिएटर ओलम्पिक्समा पनि मञ्चन गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्