विराटनगर, २९ फागुन ।
गएराती भएको बर्षाको कारण विराटनगरवासीलाई राहत मिलेको छ । हावाहुरीसँगै केही छिटफुट बर्षा भएको कारण सडकको धुलो मरेको छ । यसले गर्दा सर्बसाधारणलाई अवतजावतमा केही राहत मसहुस हुने छ ।
यसैबिच, असिनाका कारण धनकुटामा १६ करोड बराबरको तरकारी बालिमा क्षति भएको छ । छथरजोरपाटी गाउँपालिकामा १० करोड र महालक्ष्मी गाउँपालिकामा ६ करोड गरी १६ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृष्षि विकास कार्यालयले जनाएको छ । तरकारी उत्पादनको मुख्य क्षेत्र मानिएको छथरजोरपाटिका विभिन्न वडामा १२ सय हेक्टरमा लगाइएको तरकारीबालीमा पूर्ण क्षति भएकोा छथरजोरपाटि गाउँपलिका कृषि शाखा प्रमुख खगेश्वर तिम्सीनाले जानकारी दिनुभयो । यस्तै महालक्ष्मी नगरपालिका वडा नं.८ र ९ मा लगाइएको मटरकोसा र सायो साग र काउलीमा असिनाले क्षती पु¥याएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताउनुभयो ।