काठमाडौं । सोमबार त्रिभूवन विमानस्थलमै विमान दुर्घटनामा परी मृत्यु भएका ४९ जनाको पोष्टमार्टम प्रक्रिया सुरु भएको छ । यूएस बंगला एयरको विमान दुर्घटनाका मृतकहरुको शव पोटमार्टमको कानुनी प्रक्रिया सुरु भएको छ ।
७१ जना सवार विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विभिन्न अस्पतालमा रहेका शवहरुलाई शिक्षण अस्पताल ल्याउने प्रक्रिया सुरु भएको र त्यसपछि शवहरुको पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए ।
डीआईजी नेउपानेका अनुसार विमानमा जलेर कतिपय शवहरु चिन्नै नसकिने अवस्थाका छन् । पोस्टमार्टम गर्दा पहिचान हुन नसक्ने शवहरुको डीएनए परीक्षण गरिने उनले बताए ।