धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा, २९ फागुन , धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् ।

ना.५ ख.१९२५ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी ट्रकचालक रामेछाप मन्थली–७ का ४५ बर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० बर्षीय समन तामाङ, स्काभेटर लिएर आएका बाग्मती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाईते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्