छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किईन्, हत्याको आशंकामा अधिकारवादीहरुको दवाव

छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किईन्, हत्याको आशंकामा अधिकारवादीहरुको दवाव

विराटनगर, २९ फागुन ।
आर्थिक अबस्था कमजोर हुनु भनेको कसैले हेपेर हत्या गर्नु या मार्नु हैन । तर बिराटनगरको एउटा घटनाले त्यस्तै देखाएको छ। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकालाई लाश परिवारलाई जिम्मा लगाईएको छ । १६ वर्षीया बालिका आइसा चौधरीलाई ११ महिनाअघि विराटनगरस्थित केशव सिलवालको परिवारले ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने छोरी–ज्वाँई विनय दाहाल र लीना सिलवाल (दाहाल) को घरमा घरेलु कामदारका रुपमा काम गर्न लगेका थिए ।
आमा गुल्जारी चौधरीको बयान
गाउँकै जयप्रकाश राजवंशीले घरैमा आएर काठमाडौं जानुपर्ने खबर गरे । म घरको काममा ब्यस्त थिएँ, विनय र लीनाले गलत जानकारी दिएर काठमाडौं बोलाए । छोरीले सुनचाँदी, गरगहना र पैसा चोरेको कारण प्रहरीमा राखेको छ भनि तुरुन्त जानुपर्यो भन्दै जहाजमा चढाएर लगे । शुक्रबार दिउँसो ३ बजे तिर मलाई काठमाण्डौ लगिएको थियो । त्यो दिन मलाई केही भनिएन भोलीपल्ट शनिबारमात्रै छोरीको लास देखाईदिए । छोरीको शवलाई ललितपुरकै पाटन अस्पतालको शवगृहमा राखिएको थियो । शनिबार विहान अस्पतालको मुर्दाघरमा छोरीको लास देखाएपछि आफु केही बोल्न सकिँन । छोरीको लास हेर्दा शरिरमा डाम र हातमा चोटपटक लागेको देखें, धेरै डर लाग्यो, केही बोल्न सकिन । प्रहरीले दिएको कागजमा सही गर्न लगाए, अनि छोरीको लासलाई बाकसमा हालेर एम्बुलेन्स चढाएर पठाइदिए ।
मैले सही गर्न नमान्दा नमान्दै आत्माहत्या गरेको व्यहोराको कागजमा सही गर्न लगाए । मेरो पक्षमा बोलीदिने कोही थिएनन्, म जस्ता गरिबलाई जवरजस्ती यसरी एउटा कुरा भनेर अर्को कुरा देखाए ।
गाउँ नै स्तब्ध
जम्टोकीको सुकुम्बासी बस्तीमा न्युन आर्थिक अवस्थाका सयौं परिवारको वसोवास छ । त्यही बस्तीमा गुलजारीले चार छोरी र दुई छोरासहितको परिवार चलाउँदै आउनु भएको थियो । तीन छोरीको विवाह भइसकेको छ भने गुलजारीका श्रीमान्को चार वर्ष अघि मृत्यु भइसकेको छ । मृतक आइसा गुलजारीकी कान्छी छोरी हुन् । पहिलेदेखि नै घरेलु कामदारका रुपमा काम गर्दै आएकी बालिकालाई घरको कामकाजसँगै पढाइदिने भन्दै काठमाडौं लगिएको छिमेकीहरुले बताएका छन् । तर तिनै बालिकाको शव शनिबार विहानै फिर्ता आएपछि यो टोलको सुकुम्बासी बस्ती स्तब्ध बन्यो । सबैका आँखामा आँसु छचल्किए । घरमा पनि यस बिषयमा कसैलाई जानकारी नै दिईएको थिएन । काठमाण्डौ गएको बिषय सम्म थाहा पाएका उनीहरुले छोरी भेट्न गएको महसुस गरेका थिए । मृतक बालिकाकी माईजु आशा र दिदी कविताले पटक पटक नसोधेका पनि हैनन् तर लीनाले केही भन्नै नचाहेको उनीहरुले बताए ।
वविताका अनुसार, लगातार फोन गरेपछि मात्रै सुन्न सक्छेस् भनेर सोध्यो, मैले सक्छु भनें, अनि मरिसक्यो भन्यो ।
हत्याको आशंका
काठमाण्डौ पुगेकी गुल्जारी चौधरीलाई फिल्मी शैलीमा एकाएक काठमाण्डौ बोलाईनु अनी त्यहाँ हुँदा पनि जानकारी नै नदिनुले बालिकालाई हत्या भएको हुनसक्ने आफन्तको आरोप छ । बालिकाले आत्माहत्या नै गरेकी हुन् भन्नेमा कसैलाई पनि विस्वास छैन । शरीरभरी नीलडाम र हातमा विभिन्न ठाउँमा काटिएको चोटपटक देखिएको छ । झुण्डिएर मरेको ब्यक्ति शरिरमा निलडाम र बिभिन्न स्थानमा रगतहरु नहुने बताईन्छ । घटनाको अनुसन्धानमा संलग्न ललितपुरको सातदोबाटो प्रहरीले आत्माहत्याबाटै मृत्यु भएको भनि प्रतिवेदनमा उल्लेख गरेको हो । तर आफन्तहरुले भने रहस्यमय तरिकाले काठमाडौं बोलाएर जबरजस्ती लास जिम्मा लगाएर पठाएकोले प्रहरीकै मिलेमतोमा घटना ढाकछोप भएको दाबी गरेका हुन् ।
लीनाको बोल्नै नमिल्ने प्रतिक्रिया
घरधनी लीना सिलवालसँग घटनाबारे बुझ्न खोज्दा उनले आफूलाई नबोल्न भनेकोले बोल्नै नमिल्ने प्रतिक्रिया दिईन् । ‘सबै कुरा सातदोबाटो प्रहरी र मोरङ प्रहरीलाई थाहा छ, त्यहीँ सोध्नुस्’ उनले झर्किंदै भनिन् । घटनाबारे दोहो¥याएर जानकारी माग्दासमेत आफूलाई केही थाहा नभएको भन्दै उनी पन्सिएकी थिइन् ।
खोला किनारको परिवार
मोरङको सिँगिया खोला किनारमा रहेको यो परिवार लामो समय देखि आर्थिक अभावले खोलाको डिलमा बस्दै आएका छन् । यही सुकुम्वासी टोल हो जहाँ गत साउनमा आएको बाढीका कारण सबै बिस्थापित भएका थिए । घर सबै खोलाले बगाएको समयमा असोजमा घर आएकी आईसा काठमाण्डौ जान नै मनेकि थिईनन् । तर घरकाले कर गरेर पठाएका थिए । उनलाई पनि पढ्ने चाहना भएको कारण पनि सबैेको एकै मुख थियो पढ्ने ठाउँ राम्रो छ भने जाउ । त्यसपछि मात्र उनी काठमाण्डौ गएकी थिईन् ।
मृतक वालिकाका आफन्त र छिमेकीहरुले भने आत्माहत्या नभई हत्या नै भएको दाबी गर्दै शवसहित आइतबार, सोमबार प्रदर्शन नै गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विराटनगर महानगरपालिका अगाडि शवसहित प्रदर्शन नगरेका पनि हैनन् । तर बोलीदिने कोही भएनन् । आखिर गरिबलाई पर्दा एक सरो कात्रोले पनि साथ दिँदैन भन्ने भनाई चरितार्थ गर्दै हत्या भएको बिषयमा न्यायको खोजी गर्दै सडकमा निस्किएका स्थानीयलाई प्रहरीले धरपकड नै ग¥यौ । लाठीचार्ज ग¥यो र भगायो । आईतवार शव लिएर जिल्ला प्रशासन कार्यालय अगाडी पुगेका स्थानीयलाई दोषीलाई कार्वाही गर्ने वाचा गरेका मोरङका प्रमख जिल्ला अधिकारी रामप्रसाद आचार्यले त्यसको केही समय पछि नै चारैतिर प्रहरी परिचालन गरे । न्यायको आशमा रहेका मृतक आईसाका परिवारले छोरी त गुमाए नै कसरी छोरीको हत्या भयो भनेर माग गर्दा समेत उचित न्याय पाएनन् । अन्तत्वगत्वा प्रहरी, प्रशासन र केही स्थानीयको दवाव पछि आईसाको शव सोमवार जलाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले कानुनी रुपमा घटनाको अनुसन्धान गर्ने बाटो बन्द भएको जानकारी दिए ।
सोमवारको यस्तो दृश्य
सोमबार, दिउँसो करिब १ बजे तिर मृतक आईसाको शव खोला किनारमा अन्त्येष्टीको तयारीमाको क्रममा थियो । ३ जना उनलाई जलाउनको लागि चिता बनाउँदै थिए । २ जना बालिकाको शवलाई नजलाउन भन्दै थिए । तर त्यही भित्रका केहीले शव जलाउन दवाव दिई रहेका थिए । त्यही क्रममा घटनाको बारेमा जानकारी लिन पुगेका केही अधिकार कर्मीहरु त्यहाँको अबस्थाको बारेमा जानकास् लिईरहेको जस्तो देखिन्थे । अधिकारकर्मीहरु त्यहाँ पुगेपछि मृतकका आफन्तले बालिकाको शव खोलेर देखाए । बालिकाको शव हेर्दा हातमा काटिएका थिए । देब्रेहाटमा रगत लत्पतिएको थियो । रगत पुरै सुकेको कट्कटिएको थियो । देब्रे गालामा कुटेर फुलेको जस्तो देखिन्थ्यो । देब्रेगालोको अबस्था हेर्दा लाथ्यो बालिकालाई कुटेर रगत जमेर कालो अबस्थाको थियो । टाउकोमा रगतले भिजेको थियो । घाँटीदेखि छाती सम्म पोष्टमार्टमको लागि सिलाईएको थियो । आमाको आँसु थामिएको थिएन । छोरीलाई जलाई रहँदा सुनसान थियो ।
अधिकारवादीको चासो ।
मोरङका अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले आज मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलाई ज्ञापन पत्र दिँदै आइसाको आत्माहत्या नभई हत्या भएको भन्दै निश्पक्ष छानविन गरी दोषिीलाई कार्वाहीको माग गरेका छन् । पूर्वाञ्चल मानवअधिकार रक्षक संजाल ,इन्सेक, ओरेक, जागरण नेपाल, सिविन, बपरडेक, सञ्चारकर्मीहरु लगायत १८ बटा संघसस्थाको टोलीले हत्या वा आत्महत्या के हो प्रमाणसहित पुष्टी गर्दै पीडितलाई न्याय सहित क्षतिपुर्ति दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
पढाई दिने बाचामा घरेलु कामदारका रुपमा ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने विनय दाहाल र लीना सिलवालले बालिकाको अभिभावकसँग ११ महिनाअघि सम्झौता गरी कामदारका रुपमा लानु र बालिकाले आत्महत्या गरेको भन्दै सबुत प्रमाण बिना मृत्तकको शव जिम्मा दिनुले यस घटनालाई शंकास्पद बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा फगत एकजना अभिभावकलाई विमानमार्फत काठमाण्डौँ पु¥याईनु र पहिले हस्ताक्षरपछि मात्र शव जिम्मादिनु कति न्यायिक छ ? यदि बालिकाले भुण्डिएर आत्महत्या गरेको हो भने अभिभावकको उपस्थिती बिना डोरी काटिएको, अभिभावकको उपस्थिती बिना कुन आधारमा लासको पोष्टमार्टम गरेको, शवको प्रकृतिलाई हेर्दा झुण्डिएर आत्महत्या गरेको हो भनेपनि हत्केलामा निलडाम र हातका विभिन्न भागमा धारिलो हतियारले काटेको लास हेर्दा देखिनु शंखास्पद भएको उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्