निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष राठी

<span class='c1'>निजी क्षेत्रबीच सहकार्य आवश्यक</span> <span class='c2'>: अध्यक्ष राठी</span>

विराटनगर । उद्योग संगठन मोरङ ले नेपाल उद्योग वाणिज्य महासंघ को केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेल, नेउवा महासंघ कोशी प्रदेश तथा विराट व्यापार संघ को नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठन सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी ले निजी क्षेत्रका संस्थाहरूबीच सहकार्य, समन्वय तथा साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले नयाँ नेतृत्वले व्यवसायिक हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष राठीले बजारमा देखिएका चुनौती, कर प्रणालीका जटिलता, सीमावर्ती व्यापारका समस्या, डिजिटल व्यापारको विस्तार तथा साना तथा मझौला व्यवसाय संरक्षणजस्ता विषय निजी क्षेत्रका साझा चासोका विषय बनेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि संस्थाहरूबीच अझ बलियो सहकार्य आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित सुशय प्याकुरेल ले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवाद, कर तथा श्रम सम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसँग सहजीकरण तथा व्यवसायीमैत्री कानुनी व्यवस्था निर्माणमा निजी क्षेत्रबीच साझा पहल आवश्यक रहेको धारणा राखे । उनले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्न संस्थागत सहकार्य अपरिहार्य रहेको बताए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना ले उद्योग संगठन मोरङको दुवै संस्थासँग विगतदेखि नै सहकार्य र साझा मुद्दामा एकताबद्ध रूपमा आवाज उठाउने परम्परा रहेको उल्लेख गर्दै आगामी दिनमा उद्योग, व्यापार, बजार व्यवस्थापन तथा व्यवसायिक अधिकार संरक्षणका विषयमा अझ परिणाममुखी सहकार्य हुने विश्वास व्यक्त गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल ले निजी क्षेत्र केवल व्यापारिक गतिविधिमा सीमित नरही आर्थिक, सामाजिक तथा क्षेत्रीय विकासको प्रमुख साझेदारका रूपमा स्थापित भएको उल्लेख गर्दै निजी क्षेत्रका संस्थाहरूबीचको सहकार्यले समग्र उद्योग तथा व्यवसाय क्षेत्रलाई सकारात्मक दिशा प्रदान गर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्