एनआईसी एशिया धनवर्षा र समुन्नति प्लस बचत खाता २ चैतसम्ममात्र खोल्न सकिने

एनआईसी एशिया धनवर्षा र समुन्नति प्लस बचत खाता २ चैतसम्ममात्र खोल्न सकिने

 २०७४ फागुन ११ देखि सञ्चालनमा ल्याइएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ वर्षे धनवर्षा मुद्धति खाता (ब्याजदर १२ प्रतिशत) यही चैत २ गते शुक्रबारसम्ममात्र खोल्न सकिने एन आई सी एशिया बैंकले जनाएको छ । त्यसपछि दुवै योजनाहरु बन्द गरिने बैंकले जानकारी दिएको छ । ‘बैंक पनि साथी पनि’ भन्ने नारा रहेको बैंकले ल्याएको ‘धनवर्षा मुद्धति खाता’ र ‘समुन्नति प्लस बचत खाता’ लोकप्रिय भएको थियो । योजनाहरु आम जनमानसमा लोकप्रिय भए पनि नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच ब्याजदरसम्बन्धी असमझदारी देखिएको थियो ।

यसलाई मध्यनजर गरेर दुवै योजना पूर्वनिर्धारित योजनाबमोजिम निरन्तरता दिन असमर्थ भएको बैंकले जनाएको छ ।

बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गरेर आम सर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको बताएको छ । “राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एन आई सी एशिया बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित तुल्याइरहेको विषय सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको बैंकको भनाइ छ । बैंकका देशभर १८५ वटा एटिएम छन् । मुलुककै सबैभन्दा बढी एटिएम सञ्जाल भएको बैंकसमेत बन्न सफल भएको एनआईसी एशिया । छ । बैंकका ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी) रहेको बताइएको छ ।

त्यस्तै, ५ हजार ३ सय ७५ भन्दा बढी भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ एनआईसी एशिया । सेवाग्राहीको संख्या १० लाखभन्दा बढि पुगी ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भएको बैंकले जनाएको छ।

बैंकद्वारा जारी विज्ञप्तिका अनुसार बैंकको वासलातको आकार रु १४८ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारका हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भइसकेको बताइएको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।

छोटो समयमै बैंकलाई यस उचाईमा पुर्याउन अमूल्य योगदान पुर्याउने आम सर्वसाधारण, सेयरधनीहरु, सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आमसञ्चार जगतमा बैंकले कृतज्ञता ब्यक्त गरेको छ ।

उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी ग्राहकको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने महाअभियानमा सदा प्रतिवद्ध रहने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्