डडेल्धुरामा ६२ वर्षीया एकल महिला र १८ वर्षीया युवती बलात्कृत

डडेल्धुरामा ६२ वर्षीया एकल महिला र १८ वर्षीया युवती बलात्कृत

डडेल्धुरा । डडेल्धुरामा फरक–फरक स्थानमा ६२ वर्षीय वृद्धा र १८ वर्षीय युवती बलात्कृत भएका छन् । बलात्कारमा संग्लनताको आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ ।
गन्यापधुरा २ का ३२ वर्षीय केशव लुहारले त्यही ठाउँकी ६२ वर्षीय वृद्धालाई राति मदिरा सेवन गरी बलात्कार गरेको डडेल्धुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए । उनी एकल महिला हुन् । घरमा पनि उनी एक्लै बस्दै आएकी थिइन् । उनको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारपछि घर फर्काइएको छ ।

जोशीका अनुसार लुहारले २६ गते राति घरमा सुतिरहेकी वृद्धालाई मदिरा सेवन गरी बलात्कार गरेका थिए । यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २५ वर्षीय नरेन्द्र कुँवरलाई पनि प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ । कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको बस चढाइदिने भन्दै १८ वर्षीया युवतीलाई डडेल्धुराको जोगबुढास्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुँवरले दैजीबाट ना ७ ख १५९० नम्बरको जीपमा जोगबुढा पुर्याएका थिए । जोगवुढा पुग्दा राति भइसकेपछि उनले राति होटलमै बस्न लगाएर बलात्कार गरेको डिएसपी जोशीले बताए । पक्राउ परेका दुवैविरुद्ध जवरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्