राष्ट्रपति निर्वाचनको मतगणना हुँदै

राष्ट्रपति निर्वाचनको मतगणना हुँदै

काठमाडौं । संघीय संसद र प्रदेशसभाका सदस्यले नयाँ राष्ट्रपति चयनका लागि गरेको मतदानको गणना भैरहेको  छ ।

राष्ट्रपतिको तेस्रो कार्यकालका लागि वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसकी कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् ।

प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रियसभाका ५६ र प्रदेशसभाका ५ सय ४९ गरी ८ सय ८० सांसद मतदाता थिए । मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो। संसद भवन बानेश्वरमा अहिले मतदागणना भइरहेको छ।

संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो। यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्र गरेको थियो।संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्