विराटनगरका भण्डारी नेपाल उघोग वाणिज्य महासंघको कार्यकारी निर्देशकमा नियुक्त

विराटनगरका भण्डारी नेपाल उघोग वाणिज्य महासंघको कार्यकारी निर्देशकमा नियुक्त

विराटनगर, २९ फागुन ।
विराटनगरका श्याम भण्डारी(राधारमण) नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश १ को सचिवालय हेर्ने गरि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको छ।
प्रदेश १ को विराटगनर स्थित कार्यलयको सचिवालय हेर्ने गरि अध्यक्ष भवानी राणाले भण्डारीलाई नियुक्त गर्नु भएको हो ।
मुलुक संघिय संरचनामा गएपछि गत जेठमा विराटनगरमा प्रदेश कार्यलय स्थापना भएको छ । नेपाल उघोग वाणिज्य महासंघको कार्यविधि अनुरुप नै सेवा सुविधा हुनेगरी भण्डारीलाई नियुक्त गरिएको हो । नेपालको जेठो उघोग वाणिज्य संघको रुपमा स्थापित मोरङ व्यापार संघमा ३३ वर्ष सेवा गरेर गत फागुन १ गते देखि अवकाश लिनुभएका भण्डारी चैत्र १ गतेवाट प्रदेश कार्यालयमा रहेर काम गर्नुहुनेछ।
उघोग वाणिज्य क्षेत्रमा अनुभवी व्यक्तिका रुपमा हेरिएका भण्डारीको आगमन संगै प्रदेश कार्यालयले आफनो गतिविधीलाई तिब्र बनाउने अपेक्षा गरिएको छ । नेपाल उघोग वाणिज्य संघ प्रदेश १ का पुर्वमहासचिव रविन दाहालले भण्डारीको आगमनले यस क्षेत्रको उद्योग व्यवसायको गतिविधीमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्