नम्बर प्रदेश स्तरिय महिला भेला विराटनगरमा आजदेखि

नम्बर प्रदेश स्तरिय महिला भेला विराटनगरमा आजदेखि

विराटनगर, ३० फागुन ।
विराटनगरमा आजदेखि १ नम्बर प्रदेश स्तरीय महिला मञ्चको भेला हुने भएको छ ।
महिलाको काम, मूल्यसहितको काम र मर्यादित कामका विषयमा केन्द्रित रही महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा तीन दिनसम्म भेला हुन लागेको हो । कार्यक्रममा स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरु, महिला मानवअधिकार रक्षक र विभिन्न सामाजिक आन्दोलनका अगुवासहित ३ सयको सहभागिता रहने जनाइएको छ । भेलामा महिला अधिकारका विषयमा घनिभूत रुपमा छलफल हुने कार्यक्रम संयोजक मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रमबाट महिलाको शरीर, श्रम र पहिचानका लागि स्थानीय रुपमा रहेका बाधाहरुको पहिचान गर्दै तीनको न्युनीकरण गर्न एकीकृत धारणा निर्माण गरिनेछ । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले यसअघि तीनवटा प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्