बझाङमा जीप दुर्घटना : २ महिलाको मृत्यु

<span class='c1'>बझाङमा जीप दुर्घटना :</span> <span class='c2'>२ महिलाको मृत्यु</span>

बझाङ, फागुन ३० । बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ । र्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जानकारी गराएका छन् ।

घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने काम भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्