नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा बंगलादेशमा बिहिबार शोक दिवसको घोषणा

नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा बंगलादेशमा बिहिबार शोक दिवसको घोषणा

काठमाडौं । बंगलादेश सरकारले नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा (भोलि) बिहिबार शोक दिवसको घोषणा गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको बंगलादेशको समाचार संस्था ढाका ट्रिब्यूनले जानकारी दिएको छ ।
बैठकको निर्णय अनुसार शुक्रबार बगंलादेशका सबै मन्दिर, मस्जिद, चर्च, प्यागोडा तथा धार्मिक संस्थाहरुमा विशेष प्रार्थना राखिने भएको छ ।

सोमबार बंगलादेशबाट आएको विमान नेपालको त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमध्ये २६ जना बंगलादेशका नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्