१४ जिल्लाका महिला जनप्रतिनिधिहरु विराटनगरमा

१४ जिल्लाका  महिला जनप्रतिनिधिहरु  विराटनगरमा

विराटनगर, ३० फागुन ।

विराटनगरमा बुधबारदेखि प्रदेश नं १ स्तरिय महिला मञ्चको सम्मेलन शुरु भएको छ । महिलाको काम, मूल्यसहितको काम र मर्यादित कामका विषयमा केन्द्रित रही महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा चैत २ गते सम्म कार्यक्रम हुने छ । कार्यक्रममा १४ जिल्लाका स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरु, महिला मानव अधिकार रक्षक र विभिन्न सामाजिक आन्दोलनका अगुवा सहित करिव ३ सयको सहभागिता रहेको छ । नव निर्वाचित महिला जनप्रतिनिधिहरु र सामाजिक आन्दोलन, विशिष्ट महिला आन्दोलनमा महिलाबादी दृष्टिकोण र त्यसको महत्वको बारेमा धारणागत स्पष्टता ल्याउँदै सहकार्यको वातावरण सिर्जना लगायतको उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मञ्जिता उपाध्यायले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायतले बोल्नु भएको थियो । कार्यक्रमबाट महिलाको शरिर, श्रम र पहिचानका लागि स्थानीय रुपमा रहेका बाधाहरुको पहिचान गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्