बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश

प्रिक्वार्टरफाइलनको दोश्रो लेगमा चेल्सीलाई ३ शून्यले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बलेले गोल गरे । खेलको तेश्रो मिनेटमै मेस्सीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि डेम्बलेले २० औ मिनेटमा अर्को गोल थपेका थिए । 

मेस्सीले ६३ औ मिनेटमा थप एक गोल गरेपछि खेल ३ शून्यले बार्सिलोनाले जितेको हो । नतिजापछि पाँचपटकको च्याम्पियन्स लिग विजेता चेल्सी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । यसअघि म्यान्चेष्टर युनाइटेड र टोटनह्याम पनि नकआउट चरण नपुगि बाहिरिइसकेका छन् । याेसँगै मेस्सीले च्याम्पियन्स लिगमा अाफ्नाे गाेल संख्या एक सय पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्