झण्डै ३ करोडको लागतमा दुहबीमा प्रहरी कार्यालय बन्ने

झण्डै ३ करोडको लागतमा दुहबीमा प्रहरी कार्यालय बन्ने

सुनसरी, १ चैत ।
एक नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले सुरक्षाका दृष्टिकोणले सुनसरीलाई सम्वेदनशील सूचिमा राखिएको बताउनु भएको छ ।
सुनसरीको दुहबीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले सुनसरीलाई एक नम्बर प्रदेशकै समवेदनशील क्षेत्र अनुरुपको सुरक्षा बन्दोवस्ती मिलाइएको बताउनु भयो ।
२ करोड ६९ लाख २१ हजार ७ सय ४१ रुपैंयाको लागतमा इलाका प्रहरी कार्यालय दुहवीको बन्न लागेको १९ कोठे अढाई तल्ले कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उपाध्यायले त्यस्तो बताउनु भएको हो । उहाँले दबाब दिएर प्रहरी अनुसन्धानलाई प्रभावित गराउने कार्यले अपराधको अनुसन्धानमा प्रभावित पार्ने भन्दै त्यस्ता कार्य नगर्न र नगराउन आग्रहसमेत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्