नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव हुने

<span class='c1'>नेपालमा अन्तराष्ट्रिय चिया</span> <span class='c2'>महोत्सव हुने</span>

काठमाण्डौ, १ चैत ।
नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत्र २३, २४ र २५ गते नेपालमा ‘अन्तराष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मुलुकलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्न सघाउ पु¥याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिनुभयो । यसअघि नेपालमा निजी क्षेत्रको पहलमा २ पटक चिया महोत्सव आयोजना गरिएको थियो । सरकारीस्तरबाट भने पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको पनि बोर्डले जनाएको छ ।
महोत्सवमा १३ देशका २५ वटा प्रतिष्ठित चिया कम्पनी सहभागी हुनेछन । महोत्सवमा नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणका विविध विषयमा अन्तराष्ट्रिय समुदायसँग प्रत्यक्ष छलफल गर्ने व्यवस्था हुने दाबी गरिएको छ । नेपालमा चियालाई आत्मनिर्भर व्यवसायको रुपमा लिईन्छ । नेपाली चिया वार्षिक ३ अर्ब बराबर निर्यात हुने गरेको सरकारी तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्