नेपाली क्रिकेटका लागि सबैभन्दा ठुलाे दिन, पायाे वान डे मान्यता

<span class='c1'>नेपाली क्रिकेटका लागि सबैभन्दा ठुलाे</span> <span class='c2'>दिन, पायाे वान डे मान्यता</span>

नेपाली क्रिकेट इतिहास कै सबै भन्दा ठुलाे सफलताकाे रूपमा नेपालले अन्तराष्ट्रिय वान डे मान्यता पाएकाे छ ।

आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाइ पराजित गर्नुका साथै अर्काे भएकाे खेलमा नेदरल्याण्डले हंगकगंलाइ पराजित गरेपछि नपालले वान डे मान्यता पाएकाे हाे ।

प्लेअफ अन्तर्गतकाे खेलमा टस हारी पहिले ब्याटिंग गरेकाे पपुवा न्युगिनिले २७ दशमलब २ अाेभरमा अल अाउट भएर जम्मा १ सय १४ रन बनाएकाे थियाे । पपुवा न्युगिनिलाइ सस्तैमा समेट्नका लागि उत्कृष्ठ वलिगं गर्दै सन्दिप लामिछाने र दिपेन्द्र सिंह एेरेले समान ४-४ विकेट र साेमपाल कामी र करन केसीले १-१ विकेट लिएका थिए ।

१ सय १५ रनकाे टार्गेट लिएर ब्याटिगंमा उत्रिएकाे नेपालले सुरूवात खराब गरेकाे थियाे । सुरूवाती क्रमका ब्याट्समेन ज्ञानेन्द्र मल्ल र अनिल कुमार साह क्रमश १ र ९ रन तथा कप्तान पारस खड्का २० रनमा अाउट भए । यस पछि ब्याटिगंमा अाएका दिपेन्द्रसिंह एेरिले ५० रन तथा अारिफ शेखले २६ रन प्रहार गरे । अारिफ शेख एलबि डब्लु अाउट भएपछि राेहित कुमार पाैडेलले ३ रन जाेडे। एेरिले २३ अाैं अाेभरकाे अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाइ जित दिलाएका थिए । खेलकाे म्यान अफ दि म्याच एेरी भए ।

यसै गरि भएकाे अर्काे खेलमा नेदरल्याण्डले हंगकगंलाइ ४४ रनले हराएकाे छ । १ सय ७४ रनकाे लक्ष्य लिएर मैदान उत्रिएकाे हंगकगंले ४३ अाेभरकाे समाप्ती सँगै सबै विकेट गुमाएर १ सय ३० रन मात्र जुटाउन सक्याे । नेदरल्याण्डले यस अघि नै वानडे मान्यता प्राप्त गरेकाले उसकाे जितबाट नेपाललाइ सहजता प्राप्त भयाे र क्वालिफायरबाट वान डे मान्यता पाउने तेस्राे भाग्यमानी टिम हुन सफल भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्