विराटनगरमा मारुती सुजुकीको यस्तो कार

<span class='c1'>विराटनगरमा मारुती सुजुकीको</span> <span class='c2'>यस्तो कार</span>

विराटनगर १ चैत । मारुती सुजुकीको सेलेरियो एक्स ब्राण्डको फेमिली कार बजारमा ल्याइएको छ । विराटनगरकालागि आधिकारीक विक्रेता कोशी अटो प्रालिले एक कार्यक्रमको आयोजना गरि कार बजारमा ल्याएको हो ।
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र कम्पनीका प्रतिनिधिले सामुहिकरुपमा गाडी सार्वजनिक गरे । चारचक्के सवारीसाधनको उत्पादक भारतीय कम्पनी मारुती सुजुकीले बजारमा ल्याएको फेमिली सेग्मेन्टको कारको मुल्य २६ लाख ९९ हजार राखिएको छ ।
ग्रे,ओरेन्ज,व्हाईट र ब्लु सहित विभिन्न ५ वटा रंगमा उपलब्ध हुने कारको ग्राउण्ड क्लियरेन्स १ सय ६५ एमएम रहेको छ । ९ सय ९८ सिसि क्षमताको सो कार ५ सिटे छ ।
प्रति लिटर ३३ दशमलव १ किलोमिटर एभरेज रहेको कारमा सेफ्टीलाई बिशेष ध्यान दिइएको कोशी अटोकी सेल्स एक्ज्यूकेटीभ स्वाती शर्माले जानकारी दिनुभयो ।
सेलेरियो एक्समा डूअल एयर ब्याग,एबिएस र इबिडीको सुरक्षा प्रबिधि अपनाइएको उहाँको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्