विराट क्षितिजको उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान

विराट क्षितिजको उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान

विरानगर २ चैत । विराटनगरमा रहेको विराट क्षितिज कलेजले आफ्नो ५ औँ बार्षिक उत्सवको अवसरमा प्रदेश नम्बर एकमा सबैभन्दा उच्च अकं ल्याउने विद्यार्थीलाई सम्मान गरेकोे छ । विराटनगरको स्वागतम होटलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर एकमा नै सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको हो ।
त्रिभुवन विश्व विद्यालयद्धारा हालै प्रकाशित २०७३ समुहको विएससी सिएसआईटी कार्यक्रमको प्रथम सेमेस्टारको परीक्षामा कलेजकी अनिसा दाहाललाई नगद ६ हजार बराबरको चेक सहित सम्मान गरिएको कलेका प्रवन्धक निर्देशक निरिश श्रेष्ठले जानकारी दिनुभयो । दाहालले एक नम्बर प्रदेशमा नै सबैभन्दा उच्च अक (८५.६) प्रतिशत ल्याई कलेजको गरीमा बढाएको भन्दै उच्च मुल्याङकन गरी सम्मान गरिएको निर्देशक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा कलेजमा भएको खेलकुद प्रतियोगिताका विजेता खेलाडी तथा अन्य विषयमा राम्रो नतिजा ल्याउन विद्यार्थीलाई टुडेन्ट अफ द ईयरबाट समेत सम्मान गरिएको छ । विजेतालाई स्नातकोत्तर (डिग्री) क्याम्पस प्रमुख मनोज राउत, त्रिविका सह प्रध्यापक डा. अर्जुन बराल, ईन्जिनियर सविन काफ्ले, अरुण पराजुली, क्याम्पस प्रशासन शिव आचर्यले सम्मान गरेका थिए । २०६९ सालमा स्थापना भई २०७० सालदेखि २ जना विद्यार्थीहरुबाट विएस्सी सिएसआईटी कक्षा सुरु गरिएकोमा अहिले ७२ जना विद्यार्थीहरु रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्