नेपाल रेडक्रस सोसाइटीको ४७ औं केन्द्रीय महाधिवेशन विराटनगरमा हुने

नेपाल रेडक्रस सोसाइटीको ४७ औं केन्द्रीय महाधिवेशन विराटनगरमा हुने

विराटनगर,२ चैत ।

नेपाल रेडक्रस सोसाइटीलाई संघीय ढाँचा अनुसार लैजानका लागि चैत २८ र २९ गते विराटनगरमा ४७ औं केन्दीय महाधिवेशन हुने भएको छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने सोसाइटीका मोरङ अध्यक्ष सुवोधकुमार सिंहको संयोजकत्वमा २ सय ९९सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मुल समिति बनेसँगै १५ उप–समिति समेत गठन गरिएको छ । आज विराटनगरमा आयोजित सूचना संचार, प्रचार प्रसार तथा समाचार सम्प्रेषण उपसमितिका सयोजक मीना जोशीले वताउनु भयो । अधिवेशनमा विदेशी प्रतिनिधि, ७७ जिल्लाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी जम्मा पाँच सय जनाको सहभागिता रहने छ । अधिवेशन सम्पन्न गर्न २२ लाख खर्च लाग्ने अनुमान गरिएको छ।
अधिवेशनको उदघाटन अतिथि सदन तथा प्रतिनिधिहरुको वसोवासका लागि मारवाडी सेवा सदनका साथै रामजानकी मन्दिरमा व्यवस्था गरिएको उपसमितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्